मत्स्य पुराणको संक्षिप्त जानकारी

यस पुराणमा सात कल्पहरूको कथन छ, नृसिंह वर्णनदेखि शुरु भएर यो चौदह हजार श्लोकहरूको पुराण हो। मनु र मत्स्यको संवादबाट शुरु भएर ब्रह्माण्डको वर्णन ब्रह्मा देवता र असुरहरूको उत्त्पत्ति, मरुद्गणहरूको प्रादुर्भाव यसपछि राजा पृथुका राज्यको वर्णन वैवस्त मनुको उत्पत्ति व्रत र उपवासहरूको साथ मार्तण्डशयन व्रत द्वीप र लोकहरूको वर्णन देव मन्दिर निर्माण प्रासाद निर्माण आदिको वर्णन छ। यस पुराणका अनुसार मत्स्य (माछा)को अवतारमा भगवान विष्णुले एक ऋषिलाई सब प्रकारका जीव-जन्तु एकत्रित गर्नकालागि भनें र पृथ्वी जब जलमा डुबीरहेथ्यो, तब मत्स्य अवतारमा भगवानले ती ऋषिको नांउको रक्षा गरे। तत्पश्चात ब्रह्माले पुनः जीवनको निर्माण गरे। अर्को मन्यता अनुसार एउटा राक्षसले जब वेदहरू चोरेर सागरमा लुकाइदियो, तब भगवान विष्णुले मत्स्य रूप धारण गरेर वेदहरू भेट्टाएका थिए र पुनः स्थापित गरेका थिए।
0 Comments